Breaking News
वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||    

१५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा मतपत्र छपाइ सम्पन्न

  •   ९ महिना अघि | १८ माघ २०८२, आइतवार

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १५ जिल्लाका १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ।

निर्वाचन आयोगका अनुसार भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा भइरहेको मतपत्र छपाइको काम ती जिल्लामा पूरा भइसकेको हो भने बाँकी जिल्लाको मतपत्र छपाइ कार्य भने जारी छ।

आयोगले सार्वजनिक गरेको विवरणअनुसार डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, सल्यान र जाजरकोट जिल्लाका प्रत्यक्षतर्फका मतपत्र छपाइ सकिएको छ। यस्तै दैलेखका निर्वाचन क्षेत्र नम्बर १ र २, सुर्खेतका क्षेत्र नम्बर १ र २, रुकुमपश्चिम, बाजुरा तथा अछामका क्षेत्र नम्बर १ र २ का मतपत्र पनि छपाइ भइसकेका छन्।

त्यसैगरी कैलाली निर्वाचन क्षेत्र नम्बर १, झापा निर्वाचन क्षेत्र नम्बर ५ तथा सुनसरी निर्वाचन क्षेत्र नम्बर १ का प्रत्यक्षतर्फका मतपत्र छपाइ कार्यसमेत सम्पन्न भएको आयोगले जनाएको छ।

नमूना मतपत्रतर्फ १० लाख ९८ हजार २०० थान मतपत्र छपाइ सम्पन्न भई सम्बन्धित निर्वाचन क्षेत्रमा पठाइसकिएको आयोगको जानकारी छ।

समानुपातिकतर्फ भने दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न भइसकेको छ। निर्वाचन आयोगले बाँकी मतपत्र छपाइ कार्य निर्धारित कार्यतालिका अनुसार अघि बढिरहेको जनाएको छ।

  • Jigyasanepal

थप