Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

१५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा मतपत्र छपाइ सम्पन्न

  •   ८ महिना अघि | १८ माघ २०८२, आइतवार

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १५ जिल्लाका १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ।

निर्वाचन आयोगका अनुसार भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा भइरहेको मतपत्र छपाइको काम ती जिल्लामा पूरा भइसकेको हो भने बाँकी जिल्लाको मतपत्र छपाइ कार्य भने जारी छ।

आयोगले सार्वजनिक गरेको विवरणअनुसार डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, सल्यान र जाजरकोट जिल्लाका प्रत्यक्षतर्फका मतपत्र छपाइ सकिएको छ। यस्तै दैलेखका निर्वाचन क्षेत्र नम्बर १ र २, सुर्खेतका क्षेत्र नम्बर १ र २, रुकुमपश्चिम, बाजुरा तथा अछामका क्षेत्र नम्बर १ र २ का मतपत्र पनि छपाइ भइसकेका छन्।

त्यसैगरी कैलाली निर्वाचन क्षेत्र नम्बर १, झापा निर्वाचन क्षेत्र नम्बर ५ तथा सुनसरी निर्वाचन क्षेत्र नम्बर १ का प्रत्यक्षतर्फका मतपत्र छपाइ कार्यसमेत सम्पन्न भएको आयोगले जनाएको छ।

नमूना मतपत्रतर्फ १० लाख ९८ हजार २०० थान मतपत्र छपाइ सम्पन्न भई सम्बन्धित निर्वाचन क्षेत्रमा पठाइसकिएको आयोगको जानकारी छ।

समानुपातिकतर्फ भने दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न भइसकेको छ। निर्वाचन आयोगले बाँकी मतपत्र छपाइ कार्य निर्धारित कार्यतालिका अनुसार अघि बढिरहेको जनाएको छ।

  • Jigyasanepal

थप