Breaking News
हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त, आज राति शपथ

  •   १ वर्ष अघि | २७ भदौ २०८२, शुक्रबार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आम सहमतिको आधारमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्ने भएका छन्।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार आज राति ९ बजे शीतलनिवासमै शपथग्रहण कार्यक्रम तय गरिएको छ।

शपथपछि आजै मन्त्रिपरिषद् गठन हुने र त्यसकै पहिलो बैठक शीतलनिवासमै बस्ने तयारी गरिएको छ। बैठकले संसद् विघटनलगायतका सिफारिस गर्ने अपेक्षा गरिएको छ।

उनी देशको पहिलो महिला प्रधानमन्त्री को रूपमा नियुक्त भएकी छिन् ।


  • Jigyasanepal

थप