Breaking News
वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||    

नेपालमा, बंगलादेश र म्यानमारमा जस्तो चुनाव हुन नदिने चलखेल सुरु भयो : ओली

  •   १२ महिना अघि | २३ कार्तिक २०८२, आइतवार

काठमाण्डौ ।

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अधिनायकवादको संकेत देखिन थालेको आरोप लगाएका छन्।

उनले बंगलादेश र म्यानमारमा चुनावको मिति सार्दै अधिनायकवादी शासनलाई दीर्घकालीन बनाइएको जस्तै नेपालमा पनि सोही क्रम दोहोर्‍याउने प्रयास भइरहेको दाबी गरे।

आइतबार काठमाडौँमा आयोजित राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘जहाँ अधिनायकवाद सुरु हुन्छ, त्यहाँ चुनाव गराउने भनेर घोषणा हुन्छ तर त्यसको मिति पटक-पटक सारिँदै जान्छ। म्यानमारमा ६ वर्ष भयो, चुनावको मिति सरेको छ। बंगलादेशमा पनि डेढ वर्ष भयो, अझै चुनाव हुन सकेको छैन। अहिले नेपालमा पनि त्यही अनुभव दोहोर्याउन खोजिएको छ।’

उनले देशलाई पुनः द्वन्द्व, तनाव, पारस्परिक द्वेष र घृणातर्फ धकेल्ने प्रयास भइरहेको भन्दै त्यसलाई रोक्न सबै सचेत हुनुपर्नेमा जोड दिए। ‘यो राष्ट्रका लागि अनिष्टकारी परिस्थिति हो, यसलाई दीर्घकालीन रूपमा रहन दिनु हुँदैन,’ ओलीले चेतावनी दिए।

उनले जेनजीको नाममा देशलाई द्वन्द्वमा फसाउने प्रयास भइरहेको भन्दै त्यसले राजनीतिक स्थायित्व र लोकतान्त्रिक प्रणालीलाई कमजोर पार्ने खतरा रहेको पनि दोहोर्‍याए।

  • Jigyasanepal

थप