Breaking News
लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||     सर्वोच्चको परमादेश : अब पशु चिकित्सकले कानुनी रूपमा औषधि सिफारिस गर्न पाउने    ||     नेपाली कम्युनिस्ट आन्दोलनका अग्रदूत पुष्पलालको ४८औँ स्मृति दिवस आज    ||     वाग्मतीसहित चार प्रदेशमा आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

... सडकबीचबाट चमेलीकै आवाज”

कविता:

  •   ३ महिना अघि | ५ बैशाख २०८३, शनिबार

✍️इकमान लामा

“गरीबको चमेली,

सुन दिने कोही छैन…” 

प्लेकार्डमा लेखिएको यो वाक्य

केवल अक्षर होइन 

यो त देशकै अनुहारमा

कोरिएको कटु व्यङ्ग्य हो। 


जहाँ कागजमा

मन्त्रीहरूको सम्पत्ति बढ्दै जान्छ,

तर भान्सामा

चुलो बाल्ने आशा घट्दै जान्छ। 

उनी सडकको बीचमा बस्छिन् 

यो उनको रोजाइ होइन, 

भाइरल हुन आएकी पनि होइन 

यो बाध्यता हो,

जहाँ पेटको भोकले

इज्जतलाई प्रश्न गर्छ,

र अन्यायले

सहनशीलतालाई चिथोर्छ।


किन आइन् उनी यहाँ ?

घरभित्रको रोदन 

किन सार्वजनिक भयो ? 

के पेटको भोकले

इज्जतलाई हरायो?

कि अन्यायको भारीले

उनको सहनशीलता चर्कायो? 

के सरकारका कानसम्म

यो आवाज पुगेन ?

कि पुगे पनि

नसुन्ने अभ्यास भइसकेको हो ?


“चमेली” यहाँ फूल मात्र होइन,

यो प्रतीक हो 

ती सबै भुइँमान्छेहरूको,

जो दिनभर पसिना बगाउँछन्,

तर साँझसम्म

सुन होइन, सुक्खा सास मात्र पाउँछन्।


सुन दिने कोही छैन 

अर्थात्,

न्याय दिने कोही छैन,

सुनुवाइ गर्ने कोही छैन,

अनि सत्ताको सिंहासनमा बसेकाहरूलाई

यो पीडा देख्ने फुर्सद छैन।


यो नारी

सडकमा बसेकी एक्लो पात्र होइन,

उनी त हजारौं आवाजको प्रतिनिधि हुन्,

जसले आजसम्म

चुपचाप सहिरहे,

तर अब

चुप बस्न नसक्ने भएका छन्।


सरकार कहाँ छ ? 

किन मौन छ ? 

के यो आवाज सानो भएर हो ?

कि आवाज साँचो छ ? 

सत्य बोल्दा

सत्ता असहज हुन्छ हो ? 

ओ सरकार 

कि गरिबको पीडा

सधैं सुन्न नसकिने गरी

दबाइन्छ यहाँ 


भीड हिँडिरहन्छ,

सडक चलिरहन्छ,

तर समय एकछिन रोकिएजस्तो हुन्छ

जब उनी

त्यो प्लेकार्ड उठाएर

हाम्रो चेतनालाई सोध्छिन्  


हामी किन यति असमान छौं ? 

किन कसैको धन प्रदर्शन, 

अनि कसैको भोक प्रदर्शन ? 

किन मेरो जीवन संघर्ष,

अनि तिम्रो सत्ता चाहिँ आराम ? 


सवालहरू उब्जिन्छन् 

हामी किन चुप छौं ? 

हामी किन देखेर पनि नदेखेजस्तो गर्छौं ?

के हामी पनि दोषी होइनौं

यो मौनतामा ? 


यो केवल कविता होइन,

यो प्रश्न हो 

जुन आज उनीले सोधिन्,

भोलि इतिहासले सोध्नेछ। 

र जबसम्म उत्तर आउँदैन,

सडकको बीचबाट निस्केको आवाज  

उनको यो मौन बसाइ

हाम्रो समाजमाथिको 

सबैभन्दा ठूलो सत्य प्रश्न बनिरहनेछ।

  • Jigyasanepal

थप