Breaking News
विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||    

विलाप

  •   ७ घण्टा अघि | १६ साउन २०८३, शनिबार

  ✍️ ल्यामेन्ट भिनसेन्ट मिले 

सुन नानी हो, सुन

तिम्रा बाबु स्वर्गे भए

उनैको पुरानो कोट काटेर

तिमीहरुलाई ससाना ज्याकेट बनाइदिउला

उनैको पुरानो प्यान्ट काटेर

ससाना सुरुवाल बनाइदिउला

अझै पनि उनका खल्तिहरुमा

उनले चलाएका मालहरु बाकीँ होलान्

चाबी होलान, चानचुने पैसा होलान्

बैकंमा जम्मा गर्न राखेका

एनलाई चाबी दिउँला

त्यसबाट मिठो आवाज निकाल्नू

जीवन चल्नै पर्छ नानी हो

र मृतकहरुलई भुल्नै पर्छ

असल मान्छे मरेरै गएपनि

जीवन त चल्नै पर्छ

एन, तिमी आफ्नो खाजा खाऊ

डेन, तिमी आफ्नो दबाइ खाऊ

जीवन त चल्नैपर्छ

त्यसैले त मैलेपनि सारा भुलिदिएको छु ।

  • Jigyasanepal

थप