Breaking News
अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||    

कविता: खीर खाने दिन !

  •   १२ महिना अघि | १५ साउन २०८२, बिहिबार

✍🏼निर्भीकजङ्ग रायमाझी

कसले चलायो साउन पन्ध्रमा खीर खाने दिन ?


जब कि असारमा मात्र धान रोपिएको छ

जब कि भर्खरैमात्र बाढी घरभित्र पसेको छ,

चुहिने छानोमा पालसम्म हाल्न पाएको छैन

एकमुठी चिउरासमेत चपाउन पाएको छैन


तर मानिसहरु भन्दैछन्-

आज खीर खाने दिन हो

हामीले त बिहानै खाइसक्यौं !


कसले चलाउँदैछ

कलेजी रेट्ने प्रश्नको तिर उफ् !

कसले चलायो

साउन पन्ध्रमै खीर खाने दिन ?

  • Jigyasanepal

थप