Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

कोही त भनिदेओस्...

  •   १ वर्ष अघि | १ असार २०८२, आइतवार

✍🏼विपना भुर्तेल 

कोही त भनिदेओस्, यो बानीमा सुधार कसले गर्छ,

अरूलाई मात्र नराम्रो देख्ने आँखाको उपचार कसले गर्छ?

आफ्नै खुट्टा भासिएको थाहा नपाई,

अरूलाई खाल्डोमा धकेल्न खोज्नेहरू,

कसले सम्झाउँछ तिनलाई?

कसले देखाउँछ तिनलाई—

साँचो ऐनामा आफ्नो अनुहार?


आफूलाई अटल ठान्ने,

अरूलाई सधैं कम आँक्ने,

त्यस मनको गाँठो खोल्न,

कोही त जरुरी छ यहाँ!

किनकि,

संसार बदल्न होइन,

पहिला आफूलाई बदल्नुपर्ने समय आएको छ।


कसले बुझाउँछ तिनलाई—

सुधार बाहिर होइन, भित्र खोज्नुपर्छ?

किनकि

अन्धकारले भरिएको मनले

अरूलाई उज्यालो देख्न सक्दैन।

अनि कसरी बुझ्छ त यो मनले,

आफ्नो सोचको साँचो औचित्य?


भनिदेओस् कसैले,

गल्तीहरूबाट भागेर होइन,

स्वीकारेर मात्रै समाधान सम्भव छ।

आफ्नो कमजोरी स्वीकार्ने आँट नगरेसम्म,

संसारभरि दोष देखेर के फाइदा?

सुधार त त्यहीँ सुरु हुन्छ,

जहाँ सत्यको सामना गर्ने हिम्मत जाग्छ।


तर,

त्यो हिम्मत ल्याउने कुरा सजिलो छैन,

आफ्नो अहंकारलाई झुकाउन,

आफ्नै आत्मासँग लड्नुपर्ने हुन्छ।

के तिमी तयार छौ,

त्यो युद्धको मैदानमा उत्रिन?

जहाँ कुनै बाहिरी दुश्मन छैन,

सिर्फ तिमी र तिम्रो आफ्नै डर।


कसले सिकाउँछ तिमीलाई—

कि परिवर्तन बाहिर होइन, भित्रको यात्रा हो?

कि हर दोषको जरा तिमीभित्रै छ?

र त्यसलाई उखेलेर फ्याँक्ने साहस

तिमीभित्रै उमारेको बीउ हो।


त्यसैले,

कोही त भनिदेओस् यो मनलाई,

कि आँखा खोलेर हेर्न सिक्नुपर्छ।

अरूलाई मात्र नराम्रो देख्नेले

आफ्नै हृदयमा प्रश्न गर्नुपर्छ।

किनकि,

जब तिमी आफैँ सुध्रन्छौ,

संसारको हरेक छायाले उज्यालो पाउँछ।

  • Jigyasanepal

थप