Breaking News
वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||    

कोही त भनिदेओस्...

  •   १ वर्ष अघि | १ असार २०८२, आइतवार

✍🏼विपना भुर्तेल 

कोही त भनिदेओस्, यो बानीमा सुधार कसले गर्छ,

अरूलाई मात्र नराम्रो देख्ने आँखाको उपचार कसले गर्छ?

आफ्नै खुट्टा भासिएको थाहा नपाई,

अरूलाई खाल्डोमा धकेल्न खोज्नेहरू,

कसले सम्झाउँछ तिनलाई?

कसले देखाउँछ तिनलाई—

साँचो ऐनामा आफ्नो अनुहार?


आफूलाई अटल ठान्ने,

अरूलाई सधैं कम आँक्ने,

त्यस मनको गाँठो खोल्न,

कोही त जरुरी छ यहाँ!

किनकि,

संसार बदल्न होइन,

पहिला आफूलाई बदल्नुपर्ने समय आएको छ।


कसले बुझाउँछ तिनलाई—

सुधार बाहिर होइन, भित्र खोज्नुपर्छ?

किनकि

अन्धकारले भरिएको मनले

अरूलाई उज्यालो देख्न सक्दैन।

अनि कसरी बुझ्छ त यो मनले,

आफ्नो सोचको साँचो औचित्य?


भनिदेओस् कसैले,

गल्तीहरूबाट भागेर होइन,

स्वीकारेर मात्रै समाधान सम्भव छ।

आफ्नो कमजोरी स्वीकार्ने आँट नगरेसम्म,

संसारभरि दोष देखेर के फाइदा?

सुधार त त्यहीँ सुरु हुन्छ,

जहाँ सत्यको सामना गर्ने हिम्मत जाग्छ।


तर,

त्यो हिम्मत ल्याउने कुरा सजिलो छैन,

आफ्नो अहंकारलाई झुकाउन,

आफ्नै आत्मासँग लड्नुपर्ने हुन्छ।

के तिमी तयार छौ,

त्यो युद्धको मैदानमा उत्रिन?

जहाँ कुनै बाहिरी दुश्मन छैन,

सिर्फ तिमी र तिम्रो आफ्नै डर।


कसले सिकाउँछ तिमीलाई—

कि परिवर्तन बाहिर होइन, भित्रको यात्रा हो?

कि हर दोषको जरा तिमीभित्रै छ?

र त्यसलाई उखेलेर फ्याँक्ने साहस

तिमीभित्रै उमारेको बीउ हो।


त्यसैले,

कोही त भनिदेओस् यो मनलाई,

कि आँखा खोलेर हेर्न सिक्नुपर्छ।

अरूलाई मात्र नराम्रो देख्नेले

आफ्नै हृदयमा प्रश्न गर्नुपर्छ।

किनकि,

जब तिमी आफैँ सुध्रन्छौ,

संसारको हरेक छायाले उज्यालो पाउँछ।

  • Jigyasanepal

थप