मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
धेरै मेहनत गरे पनि फल तत्काल नआउला, तर निराश नहुनुहोस्। व्यक्तिगत जीवनमा केही तनाव हुन सक्छ, तर परिवारको साथले समस्या हल हुनेछ। यात्रामा विशेष ध्यान दिनुहोला।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
पारिवारिक र सामाजिक जिम्मेवारी बढ्नेछ। आर्थिक मामिलामा सावधानी अपनाउनुहोस्। मिहिनेतले आजको दिनमा अवसरहरू दिलाउन सक्छ। स्वास्थ्यमा ध्यान दिनुहोला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
तपाईंको प्रतिभा देखाउने अवसर मिल्नेछ। प्रेम सम्बन्धमा सुधार आउनेछ। नयाँ कामको अवसर मिल्न सक्छ। वित्तीय मामिलामा पनि सुधार हुने संकेत छन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अनावश्यक खर्च बढ्नेछ, त्यसैले योजना बनाएर खर्च गर्नुहोस्। पारिवारिक विवादले मन अशान्त बनाउनेछ, तर धैर्यताले समाधान मिल्नेछ। यात्रामा समस्या आउन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सहयोगीहरूले तपाईंको काममा साथ दिनेछन्। नेतृत्वदायी क्षमता देखिनेछ। पारिवारिक जीवनमा खुशी आउनेछ। व्यक्तिगत सम्बन्धमा सुधारको संकेत देखिन्छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
स्वास्थ्यमा ध्यान दिन आवश्यक छ। आकस्मिक धनलाभको सम्भावना छ। साथीभाइसँग सम्बन्ध राम्रो हुनेछ। कार्यक्षेत्रमा मिहिनेतले सफलता दिलाउनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापारमा मुनाफा हुने सम्भावना छ। प्रेम सम्बन्धमा नकारात्मकता आउन सक्छ, त्यसैले सावधानी अपनाउनुहोस्। यात्रा सफल हुनेछ। परिवारबाट सहयोग प्राप्त हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आजको दिन व्यवसायमा लाभ दिलाउनेछ। सामाजिक रूपमा तपाईंको प्रतिष्ठा बढ्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। प्रेम सम्बन्धमा स्थिरता आउन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धेरै कामको चापले मानसिक तनाव बढ्न सक्छ। पारिवारिक तनावले असहज बनाउनेछ। तर मेहनतले राम्रो नतिजा दिलाउनेछ। सावधानीका साथ काम गर्दा फाइदा हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आर्थिक लाभको सम्भावना छ। पुराना विवादहरू सुल्झन सक्छन्। स्वास्थ्य राम्रो हुनेछ। साथीभाइबाट सहयोग प्राप्त हुनेछ। साना कामले पनि ठूलो फाइदा दिलाउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पारिवारिक जीवनमा शान्ति मिल्नेछ। आर्थिक पक्षमा सुधार आउनेछ। कार्यक्षेत्रमा मिहिनेतको फल प्राप्त हुनेछ। यात्रामा सावधानी अपनाउनुहोस्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
काममा व्यस्तता बढ्नेछ, तर परिवारको साथले आराम मिल्नेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। व्यवसायमा मुनाफा हुने सम्भावना छ। पुराना मित्रहरूसँग भेट हुने योग छ।
शुभ दिन।।
- Jigyasa media