Breaking News
भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||    

मृत्यु

  •   ३ महिना अघि | ३० साउन २०८३, शनिबार

  ✍️गोपालप्रसाद रिमाल


पानीको छलबलमा

छरिइरहेको घामझैँ

हरियोमाथि फुलहरु तार्किएझैं खेलिरहेका थिए हावामा ।

तिनीहरुको चञ्चल छाया

मृत्युको कालो हाँसोजस्तो थियो –

त्यो दृश्य नै यही भन्दथ्यो ।

दुई दिनपछि

घाममा हाँसिरहेका ती फूलहरु

छायामा निदाउरिँदै सुक्दै गए ।


जब कल्पनाको सुनौलो संसार

जूनकीरीसरि अँध्यारोमा

पिलपिलिँदै हराउँदै जान्छ

अनि मृत्यु देखिन्छ – यही देखें ।


एउटा तोते कलिलो बादल

हाम्रो प्यारको अङ्गालोमा हुक्र्यो – 

वसन्तको आगमन फुलेफलेसरि

हाँगोको अङ्गालोमा ।

तर त्यो मर्यो –

हामी मृत्युलाई त प्रेम गर्दैनौँ

जोसित प्यारो कानेखुसी गरी बढ्छौ

संसारदेखि लुकीलुकी ?

  • Jigyasanepal

थप