मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
परिश्रम अनुसारको प्रतिफल पाइने दिन छ। आज सकारात्मक सोच राख्दा काम सफल हुने सम्भावना छ। नयाँ योजना सुरू गर्न उपयुक्त समय।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पारिवारिक सुखमा बृद्धि हुनेछ। मनमा आएको कुरा व्यक्त गर्दा फाइदा हुनेछ। लामो समयदेखि रोकिएको काम अघि बढ्न सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
दैनिक खर्चमा वृद्धि देखिन्छ। नयाँ मित्रसँग भेटघाट हुन सक्छ। योजनामा परिवर्तनको सम्भावना छ, सजग रहनुहोस्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मानसिक दबाब र तनाव बढ्न सक्छ। तर आफन्तको सल्लाहले बाटो खुल्न सक्छ। भावनामा बहकिने भन्दा यथार्थ बुझेर निर्णय गर्नुहोस।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। प्रेम सम्बन्ध प्रगाढ बन्न सक्छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आर्थिक पक्ष बलियो बन्ने सम्भावना छ। नोकरी र व्यवसायमा उन्नति मिल्ने योग छ। आजको प्रयासले भविष्य सुरक्षित बनाउनेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
विद्यामा प्रगति हुनेछ। नयाँ कुरा सिक्ने अवसर मिल्नेछ। वैदेशिक यात्रा वा कामको सम्भावना देखिन्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
छोटो समयको तनाव पछि सहजता आउँछ। रिस र उत्तेजना नियन्त्रण गर्नुहोस्। विश्वास गर्ने मान्छेबाट धोका हुन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
साझेदारीमा लाभ मिल्नेछ। प्रेम सम्बन्धमा मिठास बढ्नेछ। सार्वजनिक क्षेत्रबाट मान–सम्मान पाउने सम्भावना छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
स्वास्थ्यमा सुधार आउनेछ। पुराना योजनाले गति लिनेछ। आर्थिक पक्ष सुदृढ देखिन्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
सृजनात्मक काममा सफलता मिल्नेछ। कलासाहित्य वा प्रविधिमा रुचि बढ्नेछ। नयाँ मान्छेसँग सम्बन्ध बलियो बन्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
काममा ढिलाइ भए पनि सफलता मिल्नेछ। परोपकार वा सामाजिक सेवामा सहभागी हुन सकिनेछ। धर्मकर्ममा रुचि जाग्नेछ।
- Jigyasa media