🔮 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नयाँ काम सुरु गर्न राम्रो समय छ। काममा आत्मविश्वास बढ्नेछ। मान–सम्मान प्राप्त हुने संकेत छ।
शुभ रंग: रातो | शुभ संख्या: ९
🔮 वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धनको आगमन हुनेछ तर खर्च पनि बढ्न सक्छ। परिवारमा सानो मतभेद उत्पन्न हुनसक्छ, संयमित रहनुहोस्।
शुभ रंग: सेतो | शुभ संख्या: ५
🔮 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रेम र मित्रतामा प्रगाढता आउन सक्छ। लामो समयदेखि रोकिएको काम बन्ने सम्भावना छ।
शुभ रंग: हरियो | शुभ संख्या: ३
🔮 कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्वास्थ्यमा सामान्य कमजोरी देखिन सक्छ। काममा दबाब बढ्नेछ, तर प्रयास सफल हुनेछ।
शुभ रंग: निलो | शुभ संख्या: ७
🔮 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफ्नो योजना अनुसार कार्य अघि बढ्नेछ। पारिवारिक समर्थन प्राप्त हुनेछ। बौद्धिक काममा सफलता मिल्नेछ।
शुभ रंग: सुन्तला | शुभ संख्या: १
🔮 कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आर्थिक क्षेत्रमा सुधार आउनेछ। नयाँ स्रोत वा सम्पर्कबाट लाभ मिल्नेछ। अध्ययन र अनुसन्धानमा सफलता।
शुभ रंग: गुलाबी | शुभ संख्या: ६
🔮 तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
समयप्रति सजग रहनुहोस, केही वचनबद्धताले तनाव दिन सक्छ। तर सूझबूझले स्थिति सहज हुने।
शुभ रंग: स्लेटी | शुभ संख्या: ४
🔮 वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
काममा लगनशीलता बढ्नेछ। माया प्रेम र मित्रताको सम्बन्धमा प्रगति हुनेछ। आत्मविश्वास बलियो रहनेछ।
शुभ रंग: बैजनी | शुभ संख्या: ८
🔮 धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
यात्रा हुनसक्छ वा नयाँ योजना बनेर कार्यान्वयनको बाटो खुल्नेछ। सार्वजनिक क्षेत्रमा प्रभाव बढ्नेछ।
शुभ रंग: पहेंलो | शुभ संख्या: २
🔮 मकर (भो, ज, जि, खि, खु, खे, खो, ग, गि)
कर्म क्षेत्रमा सफलता पाउने दिन हो। व्यापार–व्यवसायमा लाभ हुने देखिन्छ। आत्मबल बढ्नेछ।
शुभ रंग: खैरो | शुभ संख्या: ५
🔮 कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शिक्षा, प्रतियोगिता वा रचनात्मक काममा राम्रो प्रगति हुनेछ। वैदेशिक कार्यमा सफलता सम्भावना।
शुभ रंग: निलो | शुभ संख्या: ७
🔮 मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
सावधानी आवश्यक छ, व्यावसायिक निर्णयमा सोचविचार गरि मात्र अघि बढ्नुहोस्। स्वास्थ्यमा पनि ध्यान दिनुहोस।
शुभ रंग: क्रीम | शुभ संख्या: २
-
Jigyasanepal