♈ मेष (Aries): आत्मबल बढ्नेछ, तर मन अस्थिर हुन सक्छ। पारिवारिक मामिलामा जिम्मेवारी बढ्नेछ। नयाँ योजनामा लगानी गर्दा विचार पुर्याउनुहोस्।
♉ वृष (Taurus): व्यवसायमा सुधार आउनेछ। खर्च बढ्न सक्छ, तर आम्दानीका नयाँ स्रोत खुल्ने संकेत छ। पारिवारिक सम्बन्ध सुदृढ हुनेछ।
♊ मिथुन (Gemini): भाग्यले साथ दिनेछ। नयाँ अवसरहरू हात लाग्नेछन्। यात्राकाे सम्भावना छ, तर सावधानी अपनाउनु होला।
♋ कर्कट (Cancer): मन खिन्न हुन सक्छ, तर आफन्तको सहयोगले राहत महसुस गर्नुहुनेछ। बोलीमा संयमता अपनाउनु राम्रो हुनेछ।
♌ सिंह (Leo): दिन शुभ रहनेछ। प्रेम सम्बन्धमा सुधार आउनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। खर्च बढ्न सक्छ, ध्यान दिनुहोस्।
♍ कन्या (Virgo): व्यवसायमा सुधार आउनेछ। मेहनत गरेअनुसार फल प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार देखिनेछ।
♎ तुला (Libra): वैदेशिक यात्रा वा अध्ययनको अवसर मिल्नेछ। प्रियजनसँग मनमुटाव हुन सक्छ, सोचविचार गरेर मात्र निर्णय गर्नुहोस्।
♏ वृश्चिक (Scorpio): आत्मबल बढ्नेछ। निर्णायक क्षमतामा सुधार आउनेछ। आर्थिक रूपमा राम्रो समय छ, तर अनावश्यक खर्चमा ध्यान दिनुहोस्।
♐ धनु (Sagittarius): पारिवारिक सम्बन्ध मजबुत हुनेछ। सन्तान पक्षबाट सुखद समाचार सुन्न पाइनेछ। व्यापारमा प्रगति हुनेछ।
♑ मकर (Capricorn): सामाजिक क्षेत्र र व्यवसायमा सफलता पाइनेछ। स्वास्थ्य प्रति सचेत रहनुहोस्। आर्थिक पक्ष सन्तोषजनक रहनेछ।
♒ कुम्भ (Aquarius): आजको दिन मिश्रित रहनेछ। शुभ समाचार प्राप्त हुने सम्भावना छ। मानसिक तनाव कम हुनेछ।
♓ मीन (Pisces): अध्ययन तथा रोजगारीका लागि राम्रो समय छ। नयाँ कामको थालनी गर्दा राम्रो हुनेछ। आर्थिक रूपमा दिन फलदायी रहनेछ।
☀ शुभ दिन, मंगलमय रहोस्!
- Jigyasa media