Breaking News
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, दिउँसोपछि थप सक्रिय हुने सम्भावना    ||     तारा सुवेदीको ‘अनभूतिका महक’ लोकार्पित    ||     तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||    

छोरालाई बचाउन आफ्नो कलेजो दान गर्दै एक पिता

एक बुबाको अव्यक्त माया र त्यागको कथा

  •   २ वर्ष अघि | ११ साउन २०८१, शुक्रबार

काभ्रे । मण्डनदेउपुर । बुबाको माया र त्यागको कथा सुन्ने गरिन्छ। तर जब यो आफ्नै अनुभवमा बदलिन्छ, त्यहाँ ममताको साँचो अर्थ देखिन्छ। मण्डनदेउपुरका एक परिवारले आफ्नो ९ वर्षको छोरालाई बचाउन संघर्ष गर्दै, आफ्नो सम्पत्ति बेचेर र सहयोग जुटाउँदै आएका छन्। नौ वर्षसम्म निरन्तर उपचार गरे पनि, थप उपचारमा ठूलो धन राशी खर्च हुने भएपछि उनीहरू सहयोगी दातालाई सहयोगको आव्हान गर्दैछन्।


काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर न.पा. वडा नं. ०७ का स्थायी बासिन्दा आरुष श्रेष्ठको जन्मेको एक महिना सम्म सब ठीकै थियो। तर, अचानक स्वास्थ्य समस्या देखिएपछि काठमाडौंबाट भारतको अस्पतालसम्म दौडधूप गर्नुपर्‍यो। तीन महिनाको हुँदा मात्र इएचबीए भन्ने कम देखिने रोग पत्ता लाग्यो। तत्काल अपरेशन आवश्यक भयो, जसमा उनीहरूको कलेजो क्षति पुगिसकेको थियो।


तीन महिनाको उपचार पछि घर फर्किए, तर प्रत्येक महिनाको फलोअप, दैनिक औषधी, र बारम्बार अस्पतालको दौडधूपले परिवारलाई आर्थिक र मानसिक रुपमा थकित बनायो। आरुषको स्वास्थ्य स्थिति बिग्रिँदै गयो र अन्ततः कलेजो पुरै फेल भयो। डाक्टरले तुरुन्त कलेजो प्रत्यारोपण गर्न सुझाए।

भारतको महँगो उपचार सम्भव नभएपछि उनीहरूले भक्तपुर स्थित शहिद धर्मभक्त प्रत्यारोपन केन्द्रमा चेक जाँच गरेर यहाँ नै उपचार गर्ने निधो गरे। बाबु सुमन श्रेष्ठले ४० लाख भन्दा बढी रकम खर्च गरी ऋणधन गरेर उपचार गरिरहेको बताए। 

"म मुटुको टुक्रा भनेर छोराको जीवन बचाउन कलेजो काटेर दिन तयार छु," बुबाले भावुक हुँदै भने। कलेजो प्रत्यारोपणको लागि ३० लाख रुपैयाँ खर्च लाग्ने भएकोले रकम जोहो गर्न गार्हो भएको छ। निरन्तर औषधी र थप उपचार पनि आवश्यक छ।

"एकातिर यति ठुलो उपचार खर्च अर्को तर्फ बच्चाको जीवन," बुबाले सबैलाई सहयोगको अपिल गर्दै भने। विदेशमा रहनुहुने सम्पूर्ण प्रिय नेपाली आमा बुबा, दाजुभाइ, दिदिबहिनीहरू र मनकारी सहयोगी हातहरूलाई उनले सकेजति सहयोग गरिदिन हार्दिक अनुरोध गरेका छन्। "तपाईहरूको अमूल्य सहयोगको लागि जीवनभर ऋणी हुनेछु," उनले भने।

यो कथा केवल एक परिवारको होइन, यो त्याग, ममता र संघर्षको प्रतीक हो। बुबाको माया र त्यागले आरुषको जीवनमा नयाँ अध्याय खुल्ला भन्ने आशा गरौं। 

सहयोगको निम्ति:

बैंक नामः Global Ime Bank

खाता नम्बर:22007010003554

खाता नामःSuman kumar shrestha

Contact: 9851042694/9851191093

कोरियामा सहयोग जम्मा गर्नको लागि:

खाता नम्बरः1002-164-800077

खातावाला नाम: Shrestha prem prasad

बैंकः उरी बैंक (worri bank)

Contact: 01032016777

  • Jigyasa media

थप