Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

काभ्रेमा एभियन इन्फ्लुएन्जाको जोखिम बढ्दै, कुखुरा व्यवसायीलाई उच्च सतर्कता अपनाउन आग्रह

  •   ३ महिना अघि | ११ असार २०८३, बिहिबार

काभ्रेपलाञ्चोक, असार ११ । देशका विभिन्न जिल्लामा पन्छीजन्य संक्रामक रोग एभियन इन्फ्लुएन्जा (बर्ड फ्लु) देखिन थालेसँगै काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न क्षेत्रमा समेत रोग पुष्टि भएको छ। यससँगै सम्बन्धित निकायहरूले कुखुरा व्यवसायी तथा किसानलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

जिल्ला पशु सेवा कार्यलय काभ्रेका अनुसार पछिल्ला दिनहरूमा जिल्लाका केही कुखुरा फार्ममा एभियन इन्फ्लुएन्जा संक्रमण पुष्टि भएपछि प्रभावित क्षेत्रहरूमा नियन्त्रण तथा रोकथामका लागि विशेष अभियान सञ्चालन गरिएको छ। संक्रमण पुष्टि भएका फार्मका कुखुराहरूलाई पशु सेवा विभाग, सुरक्षा निकाय तथा सम्बन्धित स्थानीय तहको समन्वयमा नष्ट गर्ने, सुरक्षित रूपमा व्यवस्थापन (डिस्पोज) गर्ने तथा संक्रमण फैलिन नदिन सर्भिलेन्स जोन निर्धारण गर्ने कार्य सम्पन्न गरिएको जनाइएको छ।

रोगको थप फैलावट रोक्न कुखुरा तथा चल्ला ढुवानी हुने प्रमुख नाकाहरूमा समेत निगरानी कडा पारिएको छ। सुरक्षा निकायको समन्वयमा सञ्चालन गरिएको अनुगमनका क्रममा खुला रूपमा बिक्रीका लागि राखिएका चल्लाहरू नियन्त्रणमा लिएर प्रयोगशालामा परीक्षण गरिएको थियो।

कार्यालयका अनुसार परीक्षणमा एभियन इन्फ्लुएन्जा संक्रमण नदेखिएपछि मात्र ती चल्लाहरू व्यवसायीलाई फिर्ता गरिएको थियो । साथै संक्रमणको संवेदनशील अवधिभर खुला रूपमा चल्ला बिक्री नगर्ने सहमति पश्चात् मात्र चल्ला फिर्ता गरिएको जनाइएको छ।

पशु स्वास्थ्य विज्ञहरूले किसान तथा व्यवसायीलाई फार्ममा जैविक सुरक्षा (Bio-security) का मापदण्ड कडाइका साथ पालना गर्न, बाहिरी व्यक्तिको प्रवेश नियन्त्रण गर्न, बिरामी वा अस्वाभाविक व्यवहार देखिएका पन्छीको तत्काल जानकारी सम्बन्धित निकायलाई दिन तथा अनधिकृत रूपमा कुखुरा तथा चल्ला ओसारपसार नगर्न आग्रह गरेका छन्।

एभियन इन्फ्लुएन्जा पन्छीमा देखिने अत्यन्त संक्रामक रोग भएकाले समयमै नियन्त्रण गर्न नसके ठूलो आर्थिक क्षति हुन सक्ने भन्दै सरोकारवाला निकायले सचेतना तथा निगरानीलाई थप प्रभावकारी बनाएको बताएका छन्।

  • Jigyasanepal

थप