Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

आज देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, मौसमविद्को सतर्क रहन आग्रह

  •   २ महिना अघि | ३२ असार २०८३, बिहिबार

काठमाडौं। देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले बिहीबार पनि विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभागनजिक रहेको छ भने पूर्वी क्षेत्रमा सरदर स्थानकै आसपास रहेकाले वर्षा गराउने प्रणाली सक्रिय बनेको हो।

दिउँसो यस्तो रहनेछ मौसम

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ।

यस्तै, देशका पहाडी क्षेत्रका केही स्थान तथा कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई, साथै मधेस र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।

विशेषगरी कोसी र बागमती प्रदेशका हिमाली क्षेत्र, कोसी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभाग, साथै लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।

राति पनि वर्षा जारी रहने

मौसम विभागका अनुसार रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा तथा मधेस, कोसी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ।

रातिको समयमा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली, पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

मौसमविद्हरूले लगातारको वर्षाका कारण नदी–खोलामा पानीको सतह बढ्ने, बाढी, पहिरो, डुबान तथा सडक अवरुद्ध हुने जोखिम बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिक, यात्रु तथा सवारी चालकलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।

  • Jigyasanepal

थप