Breaking News
च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||    

जोडी कमर संसारकै सबैभन्दा सुन्दर महिला घोषित, दीपिका पादुकोण नवौं स्थानमा

  •   २ वर्ष अघि | ६ कार्तिक २०८१, मङ्लबार

काठमाडौं, कात्तिक ६ – बेलायती अभिनेत्री जोडी कमरलाई यो वर्ष संसारकै सबैभन्दा सुन्दर महिला घोषित गरिएको छ। प्रत्येक वर्ष प्रकाशित हुने यस सूचीमा दोस्रो स्थानमा हलिउडकी चर्चित अभिनेत्री जेन्डाया र तेस्रोमा सुपरमोडल बेला हदिद परेका छन्।

सूचीमा चौथो स्थानमा बियोन्से, पाँचौंमा एरियाना ग्रान्डे, छैटौंमा टेलर स्वीफ्ट, सातौंमा जोर्डन डन, आठौंमा किम कार्दसियन रहेका छन् भने बलिउडकी अभिनेत्री दीपिका पादुकोण नवौं स्थानमा छन्। सूचीको दशौं स्थानमा होयोन जंग परेकी छन्, जसमा भारतबाट दीपिका मात्र समावेश भएकी छन्।

वर्षेनी कस्मेटिक सर्जनहरूको म्यापिङ प्रविधिको आधारमा यो सूची तयार गरिन्छ। ग्रीक ‘गोल्डेन रेसियो’ नामक प्राचीन अंकगणितीय पद्दतिको आधारमा अनुहारको सौन्दर्यता मापन गरिन्छ। यो विधि दृष्टिगत सन्तुलन र प्राकृतिक आकर्षणलाई ध्यानमा राखेर सुन्दरताको परिभाषा निर्धारण गर्छ।

जोडी कमरले ९४.५२ प्रतिशत अंक प्राप्त गर्दै शीर्ष स्थानमा आफ्नो नाम दर्ता गरेकी हुन्। चिकित्सक जुलियन डे सिल्भाका अनुसार, कमरको नाक र ओठको सन्तुलन ९८.७ प्रतिशत सही रहेको छ, जुन पूर्णताबाट मात्र १.३ प्रतिशत टाढा छ।


  • Jigyasa media

थप