७ पुस, काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण सोमबार रातिदेखि सुदूरपश्चिम र कर्णाली क्षेत्रमा हल्का वर्षा हुने सम्भावना रहेको छ। यो प्रणाली मंगलबारसम्म सक्रिय रहने र चिसो थप बढाउने अनुमान गरिएको छ।
गत मंसिर २३ र २४ गतेको हल्का हिउँदे वर्षापछि यस पटकको दोस्रो हिउँदे वर्षा मुख्यत: पश्चिमी भूभागमा केन्द्रित रहनेछ। मौसमविद्हरूका अनुसार सुदूरपश्चिमको तुलनामा कर्णालीमा बढी वर्षा हुने सम्भावना छ भने अन्य प्रदेशहरूमा छिटपुट पानी पर्ने र बादल लाग्ने अनुमान गरिएको छ।
मौसम पूर्वानुमान विवरण:
कर्णाली प्रदेश:
सोमबार दिउँसो: हिमाली क्षेत्रमा आंशिक बदली, एक-दुई स्थानमा हल्का हिमपात।
सोमबार राति: हिमाली क्षेत्रमा साधारणतया बदली, थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात। पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना।
सुदूरपश्चिम प्रदेश:
सोमबार दिउँसो: हिमाली क्षेत्रमा आंशिक बदली, एक-दुई स्थानमा हल्का हिमपात। पहाडी क्षेत्रमा हल्का वर्षा।
सोमबार राति: हिमाली क्षेत्रमा साधारणतया बदली, थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात। तराई क्षेत्रमा मुख्यतया सफा मौसम।
तराई क्षेत्रमा आंशिक बदली भए पनि मौसम सामान्य रूपमा सफा रहने सम्भावना रहेको छ।
मौसमविद्हरूले उच्च पहाडी र हिमाली क्षेत्रका बासिन्दालाई चिसोबाट जोगिन आवश्यक सतर्कता अपनाउन सुझाव दिएका छन्। साथै, यात्रा योजना बनाउँदा मौसमको अवस्था ध्यानमा
राख्न अनुरोध गरिएको छ।
- Jigyasa media