चितवन, मंसिर ९, २०८१ – चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको नौकिलो स्थानमा आज बेलुका एक ट्रक दुर्घटनामा परेको छ। यस दुर्घटनामा चार जना गम्भीर घाइते भएका छन्।
नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००१ ख ३४९० नम्बरको ट्रक सडक किनारमा पल्टिएको थियो। दुर्घटना बेलुका पौने सात बजेतिर भएको हो।
ट्रक चामल बोकेको थियो र पल्टिंदा चार जना चालक र सहचालक च्यापिएर बोल्न नसक्ने अवस्थामा पुगेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, घाइतेमध्ये दुई जनालाई भरतपुर अस्पतालमा उपचारका लागि ल्याइएको छ भने अन्य दुई जना च्यापिएकै अवस्थामा रहेका छन्।
प्रहरीका अनुसार ट्रक दुर्घटनाको कारणबारे अझै जानकारी प्राप्त नभएको छ। यद्यपि, दुर्घटनापछि सडकमा अवरोध उत्पन्न भएको छैन।

- Jigyasa media