Breaking News
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

आज पहाडी क्षेत्रमा वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना

  •   २ वर्ष अघि | २० कार्तिक २०८१, मङ्लबार

काठमाडौं, कात्तिक २० – आज पनि देशका केही क्षेत्रमा मौसम बदलीसँगै वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको प्रभावका कारण देशभर मौसम प्रभावित छ। विशेषगरी कोशी, बागमती, र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाले उच्च पहाडी र हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ, जसले त्यहाँको तापक्रम घटाउने अनुमान गरिएको छ।

रातिको समयतिर पनि बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा हल्का वर्षाको सम्भावना रहेकाले स्थानीयहरूलाई सतर्क रहन अनुरोध गरिएको छ। यसअघि सोमबार पनि देशका विभिन्न ठाउँमा वर्षा भएको

थियो।


  • Jigyasa media

थप