Breaking News
पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||    

महिलाको सुनको सिक्री लुट्ने काभ्रेका गणेश लामा सहित तीन युवक पक्राउ

  •   २ वर्ष अघि | ६ भदौ २०८१, बिहिबार

भक्तपुर ।

 भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ मा बस्ने ५० वर्षीया कमला गौतमको एक तोलाको सुनको सिक्री लुटपाटमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अभियुक्तहरूलाई भक्तपुरको कौशलटारबाट पक्राउ गरेको हो।

पक्राउ परेका व्यक्तिहरूमा काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका–९ का ३८ वर्षीय अनिलकुमार तामाङ, काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–५ का ३४ वर्षीय गणेश लामा, र काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–६ का ३१ वर्षीय सुरेश तामाङ रहेका छन्। तीमध्ये अनिलकुमार हाल बनेपामा, गणेश ललितपुरको ग्वार्कोमा, र सुरेश काठमाडौंको गौशालामा बस्दै आएका थिए।

साउन २१ गते बिहान लोकन्थली बस स्टपमा कमला गौतमको घाँटीबाट सुनको सिक्री लुटिएको थियो। अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले अनुसन्धानका क्रममा भक्तपुरको अपराध शाखा ठिमीको टोलीले तीन जनालाई पक्राउ गरेको जानकारी दिएका छन्।

प्रहरीका अनुसार अनिलकुमारमाथि यसअघि पनि प्रहरी वृत्त गौशालाबाट मुद्दा चलेको थियो भने गणेशमाथि तीन पटक नयाँ बानेश्वरबाट र सुरेशमाथि एक पटक बौद्धबाट र तीन पटक गौशालाबाट अभद्र व्यवहारको मुद्दा चलेको थियो। पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त ठिमी, भक्तपुरमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

  • Jigyasa media

थप