Breaking News
दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||    

वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गर्ने काभ्रेका बुद्ध लामा सहित दुई पक्राऊ

  •   २ वर्ष अघि | १८ भदौ २०८१, मङ्लबार

काठमाडौं । विभिन्न देशमा वैदेशिक रोजगारका लागि पठाइदिने भन्दै रु २२ लाख ५० हजार ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। 

पक्राउ परेका व्यक्तिहरूमा काभ्रेपलाञ्चोक, रोशी गाउँपालिका–६ लेखपानीका ३२ वर्षीय बुद्ध लामा र बर्दिया, गेरुवा गाउँपालिका–२ का ४३ वर्षीय मानबहादुर चौधरी रहेका छन्, जो हाल काठमाडौं, टोखा नगरपालिका–१० मा बस्दै आएका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी, प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाउँदै न्यूजील्याण्ड र उज्वेकिस्तानलगायतका देशमा लैजाने आश्वासन दिएर ठगी गर्ने गरेका थिए। लामो समयसम्म विदेश नपठाई सम्पर्कविहीन भएका उनीहरूविरुद्ध उजुरी परेपछि पक्राउ गरिएको हो।

अनुसन्धानका क्रममा लामाले सात जनाबाट रु १० लाख र चौधरीले ६ जनाबाट रु १२ लाख ५० हजार ठगेको खुलेको छ। पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको छ।

  • Jigyasa media

थप