Breaking News
च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||    

रड प्रहार गर्ने तेमालका संजीव उर्फ टासी सहित एक पक्राउ

  •   २ वर्ष अघि | २४ असोज २०८१, बिहिबार

काठमाडौं – ज्यान मार्ने उद्योगमा संलग्न र फरार रहेका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काभ्रे तेमालका ३० वर्षीय संजिव तामाङ (उर्फ टासी लामा) र रसुवाका ४१ वर्षीय दिल बहादुर गङदान (उर्फ मिलन) रहेका छन्, जो हाल भक्तपुर र काठमाडौंमा बस्दै आएका थिए।

प्रहरीका अनुसार, उनीहरूले काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बेशीगाउँस्थित सडकमा ४६ वर्षीय पुण्य राज गौतममाथि रड प्रहार गरी फरार भएका थिए। घटनाको सूचना पाएपछि जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धको संयुक्त टोलीले खोजी अभियान चलाइरहेको थियो, जसअन्तर्गत उनीहरूलाई गंगाहिटीबाट पक्राउ गरिएको हो।

घाइते गौतमको नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ। पक्राउ परेका दुवै अभियुक्तलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धमा राखिएको छ, भने घटनाको अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।


  • Jigyasa media

थप