२९ मंसिर, काठमाडौं । तराई र उपत्यकाका विभिन्न स्थानमा आज बिहान हुस्सु र कुहिरो लागेको छ। पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेकाले मौसम प्रस्ट हुन केही समय लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना छ भने अन्य ठाउँको मौसम सफा रहनेछ। राति भने देशभर मौसम खुलेको अवस्था रहने अनुमान गरिएको छ।
आइतबार देशभर मौसम प्रस्ट रहन्छ। तर, पुस १ गते सोमबार गण्डकी, कर्णाली र सुदूर पश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात हुनसक्ने महाशाखाले जानकारी दिएको छ।
हुस्सुका कारण दृष्य स्पष्टता कमजोर हुने भएकाले यात्रा गर्नेहरूले सावधानी अपनाउनुपर्नेछ। साथै, हिमपात हुनसक्ने क्षेत्रका बासिन्दालाई आवश्यक तयारी गर्न आग्रह गरिएको छ।
- Jigyasa media