Breaking News
पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||    

कैलालीमा सर्पको टोकाइबाट बालकको निधन

  •   २ वर्ष अघि | १७ भदौ २०८१, सोमवार

१७ भदौ, कैलाली – कैलालीमा सर्पको टोकाइले एक ५ वर्षीय बालकको ज्यान गएको छ। धनगढी उपमहानगरपालिका–९ वनदेवी टोल निवासी माया विकका छोरा अरुण विकलाई सर्पले टोकेर गम्भीर घाइते भएपछि उपचारका क्रममा निधन भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, बालकलाई सुतिरहेको बेला सर्पले टोकेको थियो। तत्कालै अस्पताल लगिए पनि सेती प्रादेशिक अस्पतालमा राति करिब २ बजे उनको निधन भएको जनाइएको छ।

त्यस्तै, गएराति कैलालीको गोदावरी नगरपालिकामा ३३ वर्षीय सागर विष्ट पनि सर्पको टोकाइबाट घाइते भएका छन्। निजको किराना पसलको आगनमा दाहिने खुट्टामा सर्पले टोकेपछि उनी सेती प्रादेशिक अस्पतालमा उपचाररत छन्। विष्टलाई कुन प्रकारको सर्पले टोकेको हो भन्ने जानकारी प्राप्त नभए पनि उनको अवस्था मध्यम रहेको बताइएको छ।

  • Jigyasa media

थप