Breaking News
च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||    

सिन्धुली-रामेछाप जोड्ने बेलिव्रिज पुनः सुचारु

  •   २ वर्ष अघि | १ कार्तिक २०८१, बिहिबार

सिन्धुली : सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ खुर्कोट र रामेछापको मन्थली नगरपालिका ६ भलुवाजोरबीच रहेको सुनकोशी नदीमा बेलिव्रिज जडान गरेर यातायात पुनः सुचारु गरिएको छ। असोजको अविरल वर्षासँगै आएको बाढीले पक्की पुल बगाएपछि यातायात अवरुद्ध भएको थियो।

नेपाली सेनाको चौध बाहिनी अड्डा, गौचरको टोलीले नौ दिनमा एमपिबी (मोडुलर प्यानल ब्रिज) जडान गरी सिन्धुली र रामेछापका बासिन्दालाई पुनः सडक यातायातमा पहुँच दिलाएको हो।

बाढीले करिब १८० फिट पुल क्षति गर्दा २१ दिनसम्म यातायात ठप्प भएको थियो। सेनाको प्रयासमा अब स्थानीयवासी र व्यापारीका लागि यातायात सहज हुने बताइएको छ।

शनिबारसम्म सम्पूर्ण काम सकिने र यातायात पूर्णरूपमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ।


  • Jigyasa media

थप