Breaking News
च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||    

सिन्धुलीमा माइक्रो बस दुर्घटना: १५ जना घाइते, ३ गम्भीर

  •   २ वर्ष अघि | १८ असोज २०८१, शुक्रबार

सिन्धुली । पूर्व मोरङतर्फ जाँदै गरेको माइक्रोबस शुक्रबार बिहान सिन्धुलीको कमलामाई नगरपालिका–८, सिस्नेरीमा दुर्घटनाग्रस्त हुँदा १५ जना यात्रु घाइते भएका छन्। काठमाडौंबाट मोरङका लागि छुटेको बा ५ ख ६६१८ नम्बरको हायस बस अनियन्त्रित भई सडकबाट तल खस्दा यात्रुहरूले गम्भीर चोटपटक बेहोरेका छन्।

सिन्धुली प्रहरी प्रमुख गोविन्दराज काफ्लेका अनुसार, घाइतेमध्ये तीन जनाको अवस्था अत्यन्त गम्भीर रहेको छ। उनीहरूलाई तत्कालै सिन्धुली अस्पतालमा प्राथमिक उपचार प्रदान गरेर धरानको घोपा अस्पतालमा थप उपचारका लागि पठाइएको छ।

माइक्रोबसमा १९ जना सवार थिए, जसमध्ये ४ जना सकुशल रहेको प्रहरीले जानकारी दिएको छ। उनीहरूलाई अर्को सवारीसाधनमा गन्तव्यतर्फ पठाइएको छ। दुर्घटनाको कारण हालसम्म खुलाइएको छैन, तर प्रहरी अनुसन्धान जारी छ।

यात्रा सँगै सुरक्षाको सवालमा सजग रहनुपर्ने यो घटनाले फेरि एक पटक स्मरण गराएको छ।


  • Jigyasa media

थप