भक्तपुर, च्यामासिंह । आइतबार बिहान भक्तपुरको च्यामासिंह बसपार्कमा पार्क गरिएको बसमा एक युवकको शव झुन्डिएको अवस्थामा फेला परेको छ। बस नम्बर बा ३ ख ६६३८ मा २० वर्षीय प्रदीप स्यांताङको शव भेटिएको हो। मृतक स्यांताङ काभ्रे जिल्लाको महाभारत गाउँपालिका-३ निवासी रहेका छन् र उनी भक्तपुर नगरपालिका-९, च्यामासिंहमा बस्दै आएका थिए।
भक्तपुर प्रहरी परिसरका डीएसपी मोहन मणि अधिकारीका अनुसार, बिहान ६ बजेतिर बसमा एक व्यक्तिले आत्महत्या गरेको खबर प्राप्त भएको थियो। घटनास्थलमा प्रहरी पुग्दा स्यांताङलाई बसभित्र झुन्डिएको अवस्थामा फेला पारेको हो। प्रारम्भिक अनुसन्धानका आधारमा प्रहरीले यो आत्महत्या भएको हुन सक्ने अनुमान गरेको छ। शवलाई पोस्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज, दुवाकोट पठाइएको छ, र थप अनुसन्धान जारी रहेको प्रहरी परिसरले जनाएको छ।
- Jigyasa media