काभ्रे भाद्र २० । काभ्रेको श्रीखण्डपुर स्थित रहेको सेन्टलम एल्बम एकेडेमी, काभ्रेले आयोजना गरेको "सेन्टलम आइकन– २०८१" प्रतियोगिताको भव्य ग्राण्ड फिनाले र तीज विशेष कार्यक्रम आज सम्पन्न भएको छ । उक्त कार्यक्रममा विद्यार्थीहरूको साङ्गीतिक, सांस्कृतिक र कलात्मक प्रतिभा उजागर गर्दै स्थानीय प्रतिभाहरूलाई राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने उद्देश्यका साथ विभिन्न विधाहरूमा प्रतिस्पर्धा गरिएको थियो।

कार्यक्रमको सभापति ईश्वर थापा (नृत्य शिक्षक) र सहायक कर्माचार्यको भूमिकामा चित्रकला शिक्षक सुरेन्द्र श्रेष्ठ र गीत संगीत शिक्षकको भूमिकामा विशेष जिम्मेवारी निभाएका थिए। कार्यक्रममा प्रमुख अतिथि सांस्कृतिक क्लब क्याप्टेन करुणा जि.सी हुनुहुन्थ्यो ।
यस्तै प्रतियोगिताको निर्णायक मण्डलमा नृत्य निर्देशक संघका सल्लाहकार नरेन्द्र कोइराला, प्रख्यात गायिका योजना खड्गीले प्रतियोगिता कार्यक्रमको निर्णयकारी भूमिका निभाएका थिए।
- यस्तै अतिथिहरु जोहानेस अल्फेन (स्वीडेन, लभ एण्ड होपका कन्ट्री डाइरेक्टर),लिनिया अल्फन (डाइरेक्टर, लभ एण्ड होप स्वीडेन) युलिया (लभ एण्ड होप, स्वीडेनकी प्रतिनिधि),हरिचन्द्र खड्गा (प्रोग्राम डाइरेक्टर, लभ एण्ड होप नेपाल) लगायतका अतिथिहरु थिए । 
प्रिन्सिपल अग्नि ज्ञवालीले जानकारी दिनुभएको सूचना अनुसार प्रतियोगिताको प्रमुख आकर्षणहरूमा प्रतियोगितामा नृत्य, गायन, रचना, फेशन, र मोडलिङ विधाहरूमा प्रतिस्पर्धा गराइएको थियो । जसमा सेन्टलम लिटिल आइकन (नृत्य) तर्फ काजल रौनियार विजेता बनिन् भने सेन्टलम सीनियर आइकन (नृत्य) मा प्रवेक्षा रेमीले शीर्ष स्थान हासिल गरिन्। मोडलिङ प्रतियोगिता तर्फ अनिता रेमी उत्कृष्ट मोडल घोषित भइन्। विभिन्न विधाका अन्य प्रतिस्पर्धीहरूले पनि आफ्नो प्रतिभा देखाउँदै निर्णायक मण्डलबाट प्रशंसा प्राप्त गरेका थिए । ज्ञावलीका अनुसार नृत्यमा ५० गायनमा १३ र चित्रकला ३१ वटा प्रस्तुति थियो । 
यस्तै कार्यक्रममा विशेष आकर्षण – तीज विशेष कार्यक्रम आयोजना गरिएको थियो।ग्राण्ड फिनालेसँगै आयोजित तीज विशेष कार्यक्रममा विद्यार्थीहरूले तीजका पारम्परिक गीत तथा नृत्य प्रस्तुत गर्दै नेपाली संस्कृतिको झल्को देखाएका थिए । यसले कार्यक्रममा थप उत्साह र रौनकता ल्याएको थियो।

कार्यक्रम बारे सहभागी अभिभावक भन्छन् सेन्टलम आइकन– २०८१ को ग्राण्ड फिनालेले स्थानीय प्रतिभाहरूको प्रोत्साहन मात्र नभई स्थानीय समुदायमा उत्साहको नयाँ लहर पनि ल्यायो । स्थानीय तथा विदेशी अतिथिहरूको सहभागिता र सहभागीहरूको जोशपूर्ण प्रस्तुतिले कार्यक्रमलाई अझ भव्य र सम्झनायोग्य बनाएको छ। यस्तो कार्यक्रमले विद्यार्थीको लुकेको प्रतिभा लाई प्रस्फुटन गर्न र भावी दिनको सम्भावनाहरू समेत देखिएको बताएका छन् । प्रिन्सिपल ज्ञावलीले विद्यार्थीको मनोभाव बमोजिम यस्तो प्रतियोगिता समेतको कार्यक्रम भावी दिनहरुमा समेत तय गरिने बताउनुभएको छ ।

- Jigyasa media