Breaking News
पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||    

पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको अपहरण र हत्या मुद्दामा आज सर्वोच्चको फैसला

  •   २ वर्ष अघि | १२ भदौ २०८१, बुधबार

काठमाडौँ ।पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्ध दायर अपहरण र हत्या सम्बन्धी मुद्दाको फैसला आज सर्वोच्च अदालतले सुनाउने तयारी गरेको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा सापकोटाविरुद्धको मुद्दाको सुनुवाइको मिति तय गरिएको छ।

सापकोटामाथि काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको आरोपमा कनकमणि दीक्षित, अर्जुनकी पत्नी पूर्णिमाया लामा र मानव अधिकारकर्मी सुशील प्याकुरेलले रिट दायर गरेका थिए। उनीहरूले सापकोटालाई सभामुख र मन्त्री बनाउने निर्णयलाई चुनौती दिएका थिए, जसको फैसला लामो समयदेखि रोकिएको थियो।

माओवादी युद्धका समयमा अपहरण र हत्या गरिएका अर्जुन लामाको मुद्दामा सापकोटालाई मुख्य दोषी ठहर गर्दै २०६८ सालमा मुद्दा दायर गरिएको थियो। उक्त मुद्दा प्रारम्भिक रूपमा तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले संवैधानिक इजलासमा पठाउन आदेश दिएको थियो।

सापकोटाविरुद्ध संवैधानिक इजलासमा तीनवटा मुद्दाहरू छन्। अर्जुन लामाकी पत्नी पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते आफ्ना पतिको हत्यामा सापकोटाको संलग्नता रहेको दाबी गर्दै कर्तव्य ज्यान मुद्दा अघि बढाउन माग गर्दै रिट निवेदन दायर गरेकी थिइन्। त्यस्तै, पत्रकार कनकमणि दीक्षितविरुद्ध पनि सापकोटाले अदालतको अवहेलना मुद्दा दायर गरेका थिए। 

सापकोटालाई सभामुख बनाउने निर्णयप्रति असन्तुष्टि जनाउँदै राष्ट्रपतिका राजनीतिक मामिलाविज्ञ सुशील प्याकुरेलले राजीनामा दिएका थिए। यसअघि बहस सम्पन्न भएको मुद्दामा आज संवैधानिक इजलासका अध्यक्ष विश्वम्भर श्रेष्ठसहितका पाँच न्यायाधीशको इजलासबाट अन्तिम फैसला सुनाइनेछ।

  • Jigyasa media

थप