काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अनुसन्धानका लागि प्रहरीले ६ दिनको म्याद पाएको छ। सूचना अधिकारी सुरज अधिकारीका अनुसार न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेमाथि सहकारी ठगी प्रकरणमा थप अनुसन्धान गर्न म्याद दिएको हो।
लामिछानेलाई शुक्रबार सहकारी ठगी अभियोगमा पक्राउ गरिएको थियो। उनलाई सहकारी ठगी प्रकरणमा गहिरो छानबिन गर्न प्रहरीले अदालतसमक्ष म्याद थपको माग गरेको थियो, जसलाई अदालतले स्वीकृति दिएकोहो।
- Jigyasa media