Breaking News
आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

झापामा ८३ वर्षीया वृद्धाको हत्या, दुई अभियुक्त पक्राउ

  •   २ वर्ष अघि | २३ मंसिर २०८१, आइतवार

झापा – झापा गाउँपालिका–६ पुष्पाञ्जली टोलकी ८३ वर्षीया फूलमाया मुर्मुको विभत्स हत्या भएको छ। शनिबार अपराह्न घरमै हत्या गरिएको अवस्थामा उनको शव फेला परेको हो।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा झापा गाउँपालिका–७ का २८ वर्षीय अजय यादव र शिवसताक्षी नगरपालिका–७ का २४ वर्षीय अशोक यादवलाई पक्राउ गरेको छ। प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्णकुमार चन्दका अनुसार, घटनास्थलबाट प्रमाण सङ्कलन गर्न कुकुरसहितको टोली परिचालन गरिएको थियो।

अनुसन्धानका क्रममा वृद्धालाई कलको ह्यान्डिल र फरुवाले टाउको र अनुहारमा प्रहार गरी हत्या गरिएको पुष्टि भएको छ। डीएसपी चन्दले बताएअनुसार, यादवद्वयलाई झापा गाउँपालिका–७ स्थित मदरगाछ क्षेत्रबाट पक्राउ गरिएको हो।

हाल पक्राउ परेका अभियुक्तहरूमाथि सोधपुछ जारी रहेको छ। प्रहरीले हत्या गरिनुको उद्देश्य र घटनाको पछाडिको कारण पत्ता लगाउन थप अनुसन्धान अघि बढाएको छ।


  • Jigyasa media

थप