Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

बझाङमा पहिरोले एकै परिवारका चार जना बेपत्ता

  •   २ वर्ष अघि | ३ भदौ २०८१, सोमवार

बझाङ । बुङ्गल नगरपालिका-१० टुमेडामा आइतबार राति खसेको पहिरोले एकै परिवारका चार जना बेपत्ता भएका छन्। पहिरोले स्थानीय वीरा धामीको घर पुरिँदा उनकी श्रीमती, बुहारी, र दुई नातिनी बेपत्ता भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक रवीन्द्र केसीले जानकारी दिएका छन्।

राति १ बजे घरमाथि खसेको पहिरोले घरमा क्षति पुर्याएको छ। नौ जना सदस्य रहेको घरमा गाउँलेको तत्कालीन प्रयासले पाँच जनालाई जीवितै उद्धार गरिएको छ भने चार जना अझै बेपत्ता छन्। उद्धार गरिएका सदस्यहरूमा वीरा धामी, उज्जल धामी, रोसन धामी, कमला धामी, र शान्ति धामी सकुशल रहेको स्थानीय स्रोतले जनाएको छ।

बेपत्ता भएका सदस्यहरू काली धामी, गोल्की धामी, आसिका धामी, र लक्ष्मी धामीको खोजी कार्य जारी रहेको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।

  • Jigyasa media

थप