Breaking News
दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||    

पाँचथर बम विस्फोट: घाइते बालकको कीर्तिपुरमा उपचार

  •   २ वर्ष अघि | १९ भदौ २०८१, बुधबार

पाँचथर ।  पाँचथरको फालेलुङ–५ प्राङवुङमा माओवादी कार्यकर्ताको घरमा भएको बम विस्फोटमा घाइते भएका दुई बालकलाई थप उपचारका लागि कीर्तिपुरको बर्न अस्पताल पठाइएको छ। 

विस्फोटमा गम्भीर घाइते भएका ११ वर्षीय पवन राई र दिप्सन राईलाई प्रारम्भिक उपचारपछि पाँचथर अस्पतालबाट विराटनगरको कोशी अस्पतालमा रिफर गरिएको थियो। तर, अभिभावकले उपचार प्रक्रिया पूरा नगरी पुनः पाँचथर फर्काएपछि पवनको घाउमा संक्रमण देखिएपछि चिकित्सकहरूले सुविधा सम्पन्न अस्पतालमा लैजान सुझाव दिएका थिए।

घटनाको गम्भीरताका कारण स्थानीय प्रशासन, सुरक्षा निकाय, मानव अधिकारवादी संस्था, र गाउँपालिकाबीच समन्वय गरी बालकहरूलाई बुधबार बिहान ४ बजे कीर्तिपुर पठाइएको हो। कीर्तिपुरसम्म पुग्ने यातायात र हवाई भाडा फालेलुङ गाउँपालिकाले बेहोर्ने छ भने कीर्तिपुरको बर्न अस्पतालमा उपचारको व्यवस्था सिविनले गर्ने भएको छ।

यस बम विस्फोटमा ११ वर्षीय दिप्सन सावाँ र उनकी २ वर्षीया बहिनी प्रिन्साको ज्यान गएको थियो। विस्फोट माओवादी कार्यकर्ता आइतराज केरुङको घरमा भएको थियो।

  • Jigyasa media

थप