काठमाडौं – निर्वाचन आयोगले आगामी स्थानीय तह सदस्य उपनिर्वाचनका लागि राजनीतिक दलहरूलाई दल दर्ता गर्न आह्वान गरेको छ। आयोगले आज सूचना जारी गर्दै २०८१ मंसिर १६ गते हुने उपनिर्वाचनमा भाग लिन इच्छुक दलहरूलाई असोज १० गतेदेखि १६ गतेसम्म दल दर्ताका लागि आवेदन दिन आग्रह गरेको छ।
नेपालको संविधानको धारा २१७ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ अनुसार दर्ता कायम रहेका दलहरूले आयोगको कार्यालयमा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ अनुसार आवश्यक कागजात बुझाउनुपर्ने आयोगले जनाएको
छ।
- Jigyasa media