Breaking News
आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि लागू

  •   २ वर्ष अघि | १३ मंसिर २०८१, बिहिबार

काठमाडौं, मंसिर १३ – आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ र निस्पक्ष बनाउनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ।

निर्वाचन आयोगका अनुसार मतदानको ४८ घण्टा अघि निषेधित अवधि लागू हुने प्रावधान अनुरूप उम्मेदवार वा अन्य कुनै व्यक्तिले भौतिक वा सामाजिक सञ्जालमार्फत मत माग्न वा प्रचारप्रसार गर्न पाइने छैन।

मौन अवधिको पालना सुनिश्चित गर्न आयोगले सूक्ष्म अनुगमन गर्ने जनाएको छ।

४४ पदका लागि मतदान तयारी

आगामी आइतबार, मंसिर १६ गते, ३३ जिल्लामा ४४ पदका लागि उपनिर्वाचन हुने छ। निर्वाचनमा दुई जिल्ला समन्वय समिति प्रमुख, एक मेयर, एक उपमेयर, दुई गाउँपालिका अध्यक्ष, चार उपाध्यक्ष र ३४ वडाध्यक्षका लागि प्रतिस्पर्धा हुनेछ।

मतदान स्थल र केन्द्रहरू:

१६२ मतदान स्थल र २९३ मतदान केन्द्र।

कुल मतदाता:

२ लाख २६ हजार ७९९।

पुरुष: १ लाख १४ हजार ९००।

महिला: १ लाख ११ हजार ८९६।

अन्य: ३।

तीन पदमा निर्विरोध निर्वाचित

४४ मध्ये तीन पदमा एकल उम्मेदवारी परेकाले बाँकी ४१ पदका लागि मात्र मतदान हुनेछ। ओखलढुंगाको जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसका टेकराज भट्टराई।

कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसकै टीकाकुमारी चौधरी (भुल)।

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ वडाध्यक्षमा माओवादीका जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन्।

निर्वाचनलाई स्वच्छ बनाउन अपिल

निर्वाचन आयोगले सबै पक्षलाई मौन अवधिको कडाइका साथ पालना गर्न आग्रह गरेको छ। मतदान प्रक्रिया निष्पक्ष र व्यवस्थित बनाउन आयोगले मतदाताहरूलाई पनि सचेत रहन अनुरोध गरेको छ।


– Jigyasa Nepal–


  • Jigyasa media

थप