Breaking News
च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||    

आजको मौसम : ४ प्रदेशमा हल्का वर्षाको सम्भावना

  •   २ वर्ष अघि | १ कार्तिक २०८१, बिहिबार

 १ कार्तिक २०८१, बिहीबार 

काठमाडौं—हाल देशभरि पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। विशेषगरी कोसी, बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा स्थानीय वायुले पनि प्रभाव पारेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिहानको अवस्था अनुसार, मधेस र लुम्बिनी प्रदेशसहित पहाडी क्षेत्रहरूमा आंशिकदेखि साधारणतया बदली भएको छ भने देशका बाँकी भागमा मौसम मुख्यतः सफा छ।

दिउँसो पनि पहाडी भूभागमा आंशिकदेखि साधारण बदली हुने सम्भावना छ। कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनसक्छ।

रातिको मौसममा पनि कोसी, गण्डकी, र सुदूरपश्चिमका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान अनुसार आगामी शुक्रबार र शनिबार पनि केही स्थानमा वर्षा र चट्याङ हुन सक्ने हुँदा सतर्क रहन सल्लाह दिइएको छ।

आगामी २४ घण्टाका लागि सल्लाह : कृषि, पर्यटन, र हवाई यातायातका गतिविधिमा हल्कादेखि मध्यम असर पर्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु राम्रो हुनेछ।


  • Jigyasa media

थप