Breaking News
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

भाइटीकासम्मको मौसम : आंशिक बदली र हल्का वर्षा तथा हिमपातको सम्भावना

  •   २ वर्ष अघि | १६ कार्तिक २०८१, शुक्रबार

काठमाडौं – जल तथा मौसम विभागका अनुसार, भाइटीका नजिकिँदै गर्दा देशभर पश्चिमी वायु र पहाडी क्षेत्रहरूमा स्थानीय वायुको प्रभाव रहने देखिन्छ। हाल पहाडी भू-भागमा सामान्य बदली रहेको छ भने बाँकी क्षेत्रमा मौसम सफा छ।

शुक्रबार दिउँसो कोशी प्रदेश लगायतका पहाडी क्षेत्रमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोशी, बागमती, र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ भने केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

शनिबार र आइतबार पनि पहाडी भू-भागमा आंशिक बदली, हल्का वर्षा र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ। यसका साथै कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा हल्का वर्षा र मेघ गर्जनको सम्भावना पनि रहिरहनेछ।


  • Jigyasa media

थप