काभ्रे – पाँच दशकभन्दा बढी समयदेखि पशु स्वास्थ्य सेवामा समर्पित व्यक्तित्व मणि प्रसाद सापकोटा, बागमती प्रदेशबाट पशु चिकित्सक परिषद्को सदस्य पदका लागि उम्मेदवार बनेका छन्। सरकारी सेवामा तीन दशकभन्दा बढी समय बिताएका सापकोटा अनुभवी चिकित्सक हुन्, उनले नेभ्ला काभ्रेका पूर्वअध्यक्षको भूमिकामा नेतृत्वदायी क्षमता प्रदर्शन गरिसकेका छन्।
नेपालको पशु स्वास्थ्य तथा पशु सेवाको क्षेत्रमा कार्यरत आधारभूत तह देखि प्राविधिक जनशक्तिको विषय विज्ञसम्मका जनशक्तिलाइ दर्ता र नियमन गर्ने प्रमुख उद्देश्यका साथ संघिय संसदवाट पारित ऐन २०७९ साल आश्विन २३ गते राष्ट्रपतिबाट प्रमाणिकरण भयर ऐन र २०८१ मा पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् नियमावली जारी भएको थियो ।
किन सापकोटाको उम्मेदवारी?
सापकोटाको उम्मेदवारीको प्रमुख उद्देश्य पशु चिकित्सक, प्राविधिक, र व्यवसायीहरूका समस्याको समाधानका लागि सशक्त पहल गर्नु हो। “पशुपन्छी उपचार र व्यवसायिक क्षेत्रमा आइरहेका चुनौतीहरूको सामना गर्न मेरा अनुभव र ज्ञानलाई उच्चतम प्रयोग गर्न चाहन्छु,” युवा पलायन जस्तो गम्भीर विषय र पशुपालन क्षेत्रमा देखिएको यावत् विषयको उठान गर्न र सरकार समक्ष प्रस्तुत गरी सामाधान खोज्न आफूले सबै युवाहरुको साथमा उम्मेदवारी दिएको बताए।
सापकोटाको प्राथमिकता स्पष्ट छ:
-प्राविधिक समस्याहरूको उठान र समाधान।
-पशुपन्छी र व्यवसायिक क्षेत्रमा आउने समस्याका दीर्घकालीन समाधान।
-ऐन कार्यान्वयनमार्फत प्राविधिक जनशक्तिको व्यवस्थापन।

बागमती प्रदेशमा सशक्त समर्थन
बागमती प्रदेशमा मात्र होइन, अन्य जिल्लाहरूमा पनि सापकोटाको व्यापक समर्थन रहेको बताइन्छ। उनको व्यक्तित्व, सरलता, र दीर्घकालीन अनुभवले उनलाई पशु चिकित्सकहरू र व्यवसायीहरूको विश्वास जित्न सफल बनाएको छ।
अनुभवी नेतृत्वको आवश्यकता
सापकोटाले आफ्नो उम्मेदवारी केवल चुनावी प्रतिस्पर्धाका लागि मात्र नभई पशु स्वास्थ्य र सेवाका क्षेत्रमा दीर्घकालीन सुधारका लागि दिएको प्रस्ट्याएका छन्। “मैले यो क्षेत्रलाई दिएर धेरै सन्तोषजनक क्षणहरू पाएँ। अब मेरा अनुभवलाई सबैका लागि उपयोगी बनाउने बेला आएको छ,” उनले भने।
परिषद्को संरचना र दायित्व
नेपालको पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को संरचनामा अध्यक्ष, उपाध्यक्ष, रजिष्ट्रार, र अन्य १२ जना सदस्यहरू रहने व्यवस्था गरिएको छ। ऐनले तोकेअनुसार, यो परिषद्ले आधारभूतदेखि विषय विज्ञसम्मका प्राविधिक जनशक्तिलाई व्यवस्थित र नियमन गर्ने जिम्मेवारी पाएको छ।
बागमती प्रदेशका लागि विशेष योजना
सापकोटाले प्राविधिक जनशक्तिको स्तरवृद्धि, दुग्ध र मत्स्य व्यवसायको सुदृढीकरण, केन्द्र र प्रदेशस्तरका कानुनहरूको व्यावहारिक कार्यान्वयनलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेका छन्। “परिषद्ले कानुन निर्माणमा सघाउने र जनशक्तिको दर्ता प्रणालीलाई व्यवस्थित गर्नेछ,” सापकोटाले उल्लेख गरे।
मणि प्रसाद सापकोटा: एउटा अनुभवी नाम, जसले बागमती प्रदेशका पशु चिकित्सकहरूका समस्या समाधानका लागि सशक्त नेतृत्व प्रदान गर्न सक्छ। उनको उम्मेदवारी बागमती प्रदेशको पशु स्वास्थ्य क्षेत्रमा नयाँ आशा बनेर उदाएको छ। उनको पक्षमा बागमती प्रदेशका प्राय सबै जिल्लाको प्राविधिकहरुको साथ रहेको छ । काभ्रे जिल्लाका उनी एक मात्रै सर्वसम्मत उम्मेदवार हुन । बागमती प्रदेशका १३ जिल्लामा काभ्रे र मकवानपुरमा अत्याधिक मतदाता रहेको बताइन्छ । परिषद्को अध्यक्ष, उपाध्यक्ष, रजिष्ट्रार र अन्य सदस्य गरि १९ जनाको कार्य समिति रहने व्यवस्था गरिएको छ । निर्वाचन आगामी माघ १८ गने हुने छ । निर्वाचनमा १२ जनाको लागि ६२ जना को उम्मेदवारी परेको बताइन्छ ।
- Jigyasa media