Breaking News
सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||    

सुनकोशीको दोस्रो साधारण सभा

  •   १ घण्टा अघि | ३ असोज २०८३, शनिबार

काठमाडौँ । सुनकोशी वाङ्मय प्रतिष्ठानको दोस्रो साधारण सभा सम्पन भएको छ । 

 उक्त सभाका प्रमुख अतिथि नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष मोहन दुवालले दीप प्रज्वलित गरि उद्घाटन गरे । 

उनले साहित्यकारलाई फाल्तु जोकर जस्तो बनाइएको समयमा साहित्यकारहरुबीच मात्र नभएर साहित्यिक संघसंस्थाहरुबीच पनि समन्वय र सहकार्य गर्नुपर्ने कुरामा जोड दिए । साहित्यमा पूर्वाग्रह राख्न नहुने उनको तर्क थियो । 

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले साहित्यिक क्षेत्रमा झाँङिएको विकृतिप्रति कटाक्ष गरे । उनले जे भनिन्छ त्यो गर्नुपर्छ भन्ने मान्यता बोकेर लाग्न सुझाव समेत दिए । देशलाई अप्ठ्यारो पर्दा साहित्यकार र साहित्यिक संघसंस्था जिम्मेबार भएर बोल्नुपर्ने उनको धारणा थियो । नेपाली कवि र साहित्यकारहरुका गर्व गर्न लायक कृतिहरु भएपनि अनुवादको अभावमा अन्तर्राष्टियकरण हुन नसकेको उनको भनाई थियो । 

कवि तथा सञ्चारकर्मी ठाकुर बेलवासेले सुनकोशीसँगको आफ्नो निकटतासहितका अनभूतिहरु साझा गरे । 

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले छोटो समयमा सुनकोशीका गतिबिधिहरुलाई नजिकबाट निहालिरहेको बताए । 

सूर्य लाकोजूले संस्था स्थापना गर्न भन्दा निरन्तरता दिन कठीन भएको भन्दै सुनकोशीलाई शुभकामना दिए । 

शनिबार राजधानीमा आयोजित साधारण सभामा पवन आलोक,केशव पराजुली,सुमन सौरभ,शंकर भारती,तेजप्रकाश श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखे । 

अध्यक्ष छविरमण सिलवालको अध्यक्षतामा सम्पन्न साधारण सभामा महासचिव प्रदीप सापकोटाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष तारा केसीको आर्थिक प्रतिवेदन पारित गरियो ।

प्रदीप सापकोटाको सञ्चालन र उपाध्यक्ष रामसुन्दर देउजाको स्वागत मन्तव्य राखे ।  


  • Jigyasanepal

थप