Breaking News
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

वडाअध्यक्षले महिलामाथि कुटपिट गरेको आरोप, घटनाबारे अनुसन्धान सुरु

  •   २ वर्ष अघि | २८ कार्तिक २०८१, बुधबार

महोत्तरी। गौशाला नगरपालिका–१ का वडाध्यक्ष नविनकुमार साहले एक महिलालाई कुटपिट गरेको आरोपमा विवादित बनेका छन्। स्थानीय बिन्देश्वर महराकी छोरी शोभा महरालाई कुटपिट गरेर गम्भीर घाइते बनाएको भन्दै वडाध्यक्ष साहमाथि स्थानीयहरूले आरोप लगाएका छन्। घटना गत राति भएको हो, जसमा शोभालाई जनकपुरस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ।

विवादको क्रममा साहले बिन्देश्वर महराको घरमा पुगेपछि उनकी श्रीमती समुन्द्री र गर्भवती छोरी शोभालाई कुटपिट गरेको बताइन्छ। घटनाको एक अडियोसमेत फेसबुकमा सार्वजनिक भएको छ, जसमा विवादको आवाज स्पष्ट सुनिन्छ।

वडाध्यक्ष साहले भने आफूले विवाद समाधान गर्न मात्रै प्रयास गरेको दाबी गरेका छन्। "मलाई पारिवारिक झगडा समाधान गर्न बोलाइएको थियो, म सम्झाएर फर्किएको हुँ," उनले भने। आफूलाई फसाउने षडयन्त्र भइरहेको बताउँदै कुटपिटको आरोपलाई उनले अस्वीकार गरेका छन्।

यस विषयमा गौशाला नगरपालिकाका मेयर डा. दिपेन्द्र महतोले घटनाबारे सत्य तथ्य बुझेर आवश्यक कदम चाल्ने प्रतिक्रिया दिएका छन्। मेयर महतोले पीडितलाई न्याय दिलाउने र निर्दोषलाई फस्न नदिने प्रतिबद्धता जनाएका छन्।

यो घटनाले स्थानीय समुदायमा चासो र आक्रोशको वातावरण सिर्जनागरेको छ।


  • Jigyasa media

थप