Breaking News
पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||    

खोलाले बगाउँदा एक जनाको मृत्यु

  •   २ वर्ष अघि | १० भदौ २०८१, सोमवार

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका-७ मा आइतबार चुनिया खोलाले बगाउँदा २८ वर्षीय ज्ञान बहादुर भोलनको मृत्यु भएको छ। 

सिन्धुली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनिल कुमार खड्काका अनुसार, भोलनलाई खोलाले बगाएको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको टोलीले खोजतलास गर्दा उनलाई मृत अवस्थामा फेला पारिएको थियो।

मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानले भोलन बाख्रा चराउन गएका बेला घर फर्कने क्रममा चुनिया खोला तर्ने क्रममा बाढीले बगाएको बताए। आइतबार दिउँसो परेको पानीका कारण आएको बाढीले उनलाई बगाउँदा मृत्यु भएको हो।

मृतक भोलनको शव कानुनी प्रक्रिया पूरा गरी पोस्टमर्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा पठाइएको छ। यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • Jigyasa media

थप