Breaking News
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

काठमाडौंको गोकर्णेश्वरमा एकै परिवारका तीन सदस्य मृत फेला

  •   २ वर्ष अघि | २९ कार्तिक २०८१, बिहिबार

काठमाडौं, गोकर्णेश्वर नगरपालिका–३, गाम्छामा एकै परिवारका तीन जना सदस्य मृत अवस्थामा भेटिएका छन्। मृतकहरूमा ३३ वर्षीया सीता मोक्तान, उनकी छोरी अंशु मोक्तान, र दुई महिनाका छोरा रहेका छन्।

श्रीमती र बच्चाहरू हराएको भन्दै सीताको श्रीमान् कान्छा नगरकोटीले प्रहरीलाई जानकारी दिएपछि अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। जाँच गर्दा बन्द कोठाभित्र शव फेला परेको प्रहरी स्रोतले जनाएको छ।

हाल घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौं, प्रहरी वृत्त बौद्ध, र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनुसन्धान गरिरहेको छ। साथै, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट चिकित्सक टोलीसमेत घटनास्थलमा खटिएको छ।


  • Jigyasa media

थप