Breaking News
रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||    

नागढुंगा-नौबीसे सुरुङ मार्गमा पहिरो, राजधानी प्रवेश गर्ने सडक ठप्प

  •   २ वर्ष अघि | ११ असोज २०८१, शुक्रबार

काठमाडौं – नागढुंगा-नौबीसे सुरुङ मार्गको तल्लो प्रवेशद्वार नजिकै शुक्रबार दिउँसो लेदोसहितको पहिरो खस्दा संघीय राजधानी प्रवेश गर्ने मुख्य सडक पूरै अवरुद्ध भएको छ।

सुरुङ मार्गको नौबीसेतर्फको प्रवेशद्वार नजिकै पहिरो खसेपछि राजधानी भित्रिने र बाहिरिने सवारी साधनको लामो जाम लागेको छ। पहिरोले सडकलाई पूर्ण रूपमा ढाकेको कारण, करिब एक घण्टादेखि यातायात ठप्प भएको छ।

स्थानीय प्रत्यक्षदर्शी सन्तोष न्यौपाने उपाध्यायका अनुसार, पहिरो धेरै माथिसम्म ढाकिएकाले पन्छाउन डोजरको आवश्यकता भए पनि अहिलेसम्म डोजर नपुगेको छ। पहिरो पन्छाउन अझै केही समय लाग्ने अनुमान गरिएको छ।


  • Jigyasa media

थप