कात्तिक ३, नवलपरासी – नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीमा आज भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जेसी शाहका अनुसार बुलिङटारबाट कावासोतीतर्फ आइरहेको जीप कावासोती-१ बालुवाडाँडास्थित भित्री सडकखण्डमा दुर्घटनामा परेको हो।
अनकन्टार पहाडी क्षेत्रमा दुर्घटना भएपछि उद्धार कार्य सम्पन्न भएको छ। घाइतेहरूलाई तत्कालै नवलपुर अस्पताल र मध्यविन्दु जिल्ला अस्पतालमा उपचारका लागि पुर्याइएको प्रहरीले जनाएको छ।
प्रहरीले जीपमा क्षमताभन्दा बढी यात्री भएकाले दुर्घटना भएको प्रारम्भिक अनुमान गरेको छ। हालसम्म मृतक र घाइतेको विस्तृत विवरण प्राप्त हुन सकेको छैन।
- Jigyasa media