Breaking News
रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||    

‘कार्बन उत्सर्जन गर्ने देशहरूले क्षतिपूर्ति दिनुपर्छ’:प्रधानमन्त्री ओली

  •   २ वर्ष अघि | ६ असोज २०८१, आइतवार

न्युयोर्क, असोज ६ - प्रधानमन्त्री केपी शर्मा ओलीले कार्बन उत्सर्जनमा योगदान गर्ने मुलुकहरूले वातावरणीय क्षति बेहोर्ने मुलुकहरूलाई क्षतिपूर्ति दिनुपर्ने नेपाल सरकारको स्पष्ट अडान दोहोर्याएका छन्। संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी हुन न्युयोर्क पुगेका प्रधानमन्त्री ओलीले जीवाश्म इन्धनमुक्त संसदीय सञ्जालको कार्यक्रमलाई सम्बोधन गर्दै यो धारणा व्यक्त गरेका हुन्।

प्रधानमन्त्री ओलीले नेपालको योगदान कार्बन उत्सर्जनमा शून्य रहेको र देशले जलवायु परिवर्तनको प्रभाव रोक्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। उनले नेपालजस्ता मुलुकहरू जलवायु परिवर्तनका प्रत्यक्ष असरहरू, विशेषगरी हिमालय क्षेत्रको हिउँ पग्लिनु, सामना गर्न बाध्य भएकाले क्षतिपूर्ति अपरिहार्य भएको बताए।

उनले पेरिस सम्झौतामा उल्लेखित प्रावधानहरूको कार्यान्वयन गर्दै विकसित राष्ट्रहरूले जलवायु अनुकूलनका लागि आर्थिक लगानीमा वृद्धि गर्नुपर्नेमा जोड दिए। प्रधानमन्त्री ओलीले भने, “हाम्रो भविष्य उज्ज्वल छ, किनकि हामीले दीर्घकालीन समाधानका लागि अहिले नै लगानी गरिरहेका छौं।”

यसैगरी, प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच आजै साँझ राष्ट्रसंघ भवनमा भेटवार्ता हुने कार्यक्रम रहेको छ। यो भ्रमणमा प्रधानमन्त्रीसँग प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, र अन्य सरकारी उच्च अधिकारीहरू सहभागी छन्।


  • RSS

थप