किन्शासा, कंगो: डेमोक्र्याटिक रिपब्लिक अफ कंगोको राजधानी किन्शासामा रहेको सबैभन्दा ठूलो जेल, मकालामा भएको हिंसात्मक घटनामा कम्तिमा १२९ जनाको मृत्यु भएको छ। साताभरि चलेको जेल तोड्ने प्रयासका क्रममा यो त्रासदीपूर्ण घटना भएको हो।
आन्तरिक मन्त्री ज्याक्वेमेन शाबानीले मंगलबार एक भिडियो सन्देश मार्फत घटनाको पुष्टि गरेका छन्। उनका अनुसार, मृत्यु भएका २४ जना चेतावनीको बाबजुद गोली लागेर मारिएका हुन्।
मकाला जेलमा हिंसात्मक झडपका क्रममा कम्तिमा ५९ जना घाइते भएका छन्। मन्त्रालयका अनुसार, कैयौं मानिसलाई कुचिएर वा भिडभाडमा प्रभावित भई घाइते भएको छ भने धेरै महिलाहरू बलात्कारको शिकार भएका छन्।
प्रत्यक्षदर्शीहरूले सोमबार जेल परिसरमा लामो समयसम्म गोली चलेको र तनावपूर्ण अवस्था सिर्जना भएको बताएका छन्। घटनापछि सुरक्षा बलका गाडीहरूले शवहरू लिएर गएको देखिएको इलेक्ट्रिशियन दड्डी सोसोले बताएका छन्।
सरकारी प्रवक्ता प्याट्रिक मुयायले राष्ट्रिय टेलिभिजनमा हाल स्थिति नियन्त्रणमा रहेको बताएका छन्
- RSS