Breaking News
च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||    

साढे ९ लाखसहित १६२ जना जुवाडे पक्राउ

  •   २ वर्ष अघि | २४ असोज २०८१, बिहिबार

सुदुरपस्चिम ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दसैं, तिहार, र छठ पर्वलाई ध्यानमा राख्दै सञ्चालन गरेको सुरक्षा अभियानअन्तर्गत १६२ जना जुवाडेलाई पक्राउ गरेको छ। प्रहरीले कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई ९ लाख ६४ हजार ६८६ रुपैयाँसहित नियन्त्रणमा लिएको हो।

पक्राउ परेकामध्ये ७७ जना कैलाली र ८५ जना कञ्चनपुरका रहेका छन्। यसबारेमा प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रवीन्द्र केसीले कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।

प्रहरीले यस चाडपर्वका लागि विशेष सुरक्षा योजना लागू गरेको छ। यसैअनुसार, प्रदेशभरि ११ हजार ५ सय प्रहरी परिचालन गरिएको छ, जसमा चाडपर्वको समयमा अतिरिक्त चार हजार प्रहरी थपिएका छन्।


  • Jigyasa media

थप