झापा, कात्तिक २४ — झापाको मेचीनगर नगरपालिका-७ टोकला चिया बगान नजिक कार र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ। काँकडभिट्टाबाट इटाभट्टातर्फ जाँदै गरेको बा ६० प २५३७ नम्बरको मोटरसाइकलले पछाडिबाट ब्याक गरिरहेको बीएए–८६८७ नम्बरको कारलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक मेचीनगर-७ निवासी २५ वर्षीय राजमान बि.क.लाई बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारका लागि लगिएको थियो, तर राति ९:२५ बजे उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।
प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकल, कार र चालक दिनेश कँडेललाई नियन्त्रणमा लिएको छ।
- Jigyasa media