माईखोलाको बाढी सुगाबथानमा पस्दा २२ घर डुबानमा, मकैबालीमा ठुलो क्षति

  •   १ वर्ष अघि | १७ जेष्ठ २०८२, शनिबार

भद्रपुर, जेठ १७ – झापा गाउँपालिका–२ स्थित सुगाबथान क्षेत्रमा माईखोलामा आएको बाढीले बस्ती डुबानमा परेको छ। शुक्रबार राति मनसुनजन्य वर्षासँगै माईखोलामा आएको बाढी बस्तीमा पस्दा २२ घर डुबानमा परेका छन्

स्थानीय वडाध्यक्ष हिमाल चाम्लागाईंका अनुसार बाढी सुगाबथान, मिलनबस्ती, कुवाडी र सडकबस्तीलगायत क्षेत्रमा पसेको हो। बाढीका कारण करिब ६० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको मकैखेती नष्ट भएको छ। “माईखोलामा सामान्य बाढी आउँदा मात्रै यस्तो अवस्था भएको हो,” वडाध्यक्ष चाम्लागाईंले बताए, “यदि ठूलो वर्षा भयो भने झापा गाउँपालिकाका वडा नं १ र २ का करिब तीन हजार घरधुरी विस्थापित हुने जोखिम छ।”

मौसम पूर्वानुमान महाशाखाले यस वर्ष औसतभन्दा बढी वर्षा हुने सम्भावना औंल्याएपछि बाढीप्रति स्थानीयवासीको चिन्ता बढ्दै गएको छ। जोखिम बढ्दै गएपछि प्रभावित क्षेत्रका बासिन्दाहरू सुरक्षित स्थानतर्फ सरेका छन्।

रासस

  • Jigyasanepal

थप