असोज १, काठमाडौं । देशभर बिहीबार मौसम सामान्यदेखि पूर्ण बदली रहने भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ।
दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थान तथा कर्णालीका हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा र हिमपात हुनसक्ने महाशाखाले जनाएको छ।
त्यस्तै, देशका पहाडी भूभागका केही स्थानमा पनि मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रका थोरै स्थानमा समेत मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्र, बागमती प्रदेशको तराई भूभाग र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्नेछ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा पहिरो, डुबान तथा सडक यातायातमा असर पर्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ।
राति पनि वर्षाको सम्भावना
रातिको समयमा पनि देशभर मौसम सामान्यतया बदली रहनेछ।
कोशी, बागमती र गण्डकीका हिमाली भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
यसैगरी, राति कोशी, बागमती र गण्डकीका पहाडी भूभागका केही स्थान तथा लुम्बिनीका पहाडी भूभागका थोरै स्थानमा वर्षा हुनसक्नेछ। कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका एक–दुई स्थानमा पनि मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
तराईतर्फ मधेश तथा कोशी प्रदेशका तराई भूभागका केही स्थान र बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिमका तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान छ।
-
Jigyasanepal